सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ: प्रधानमन्त्री कार्की
काठमाडाैं | मंसिर १४, २०८२
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताएकी छन् ।
लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत् कार्कीले यस्तो बताएकी हुन् ।
‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन’, प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

